काठमाडौं उपत्यकामा बिहान ९:१५ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा बिहान ९.१५ बजेसम्म मात्रै तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन हुने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले सो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

यो व्यवस्था लागू गर्नका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिइएको उनले बताए।

उनका अनुसार यस्तो समय यसअघि ८ बजेको समय तोकिएको थियो। तर औषधि, पानी पसलका सवालमा भने व्यवस्था लागू हुने छैन। अर्थात औषधि, पानी पसल दिनभर सञ्चालन हुन पाउने छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..