प्रदेश दुई सरकारले प्रदेशभित्रका सबै जिल्लामा पीसीआर ल्याव सञ्चालन गर्ने

कोरोना भाइरस

काठमाडौं । प्रदेश दुई सरकारले प्रदेश भित्रका सबै जिल्लामा पिसिआर ल्याव सञ्चालन गर्ने भएको छ ।

कोरोना सङक्रमण बढिरहेका बेला प्रदेश दुइ सरकारले परिक्षणको दायरा बढाउनका लागि प्रदेशका आठ वटै जिल्लामा पिसिआर ल्याब स्थापना गर्ने तयारी गरेको हो ।

प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउतले सबै जिल्लामा पिसिआर ल्याव सञ्चानका लागि तयारी अघि बढिकेको बताउनुभयो ।

प्रदेश दुइमा मात्र अहिले सबैभन्दा बढी आठ हजार ६७ पुरुष र एक हजार दुइ सय ८९ महिला गरी नौ हजार तीन सय ५६ जनामा सङक्रमण भइसकेको छ । प्रदेश दुइमा सबैभन्दा बढी ५६ जनाको मृत्यु पनि भइसकेको जनाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..