मौसम सामान्य तर जोखिम उच्च, सतर्कता अपनाउन सुझाव

काठमाडौं । आज देशभरी पानी पर्ने भएकोछ छ । बिहान खुलेको जस्तो भएपनि दिउँसो र बेलुका पख पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखासातै प्रदेशमा मौसम सामान्य बदली रहेको र बिहान खुलेजस्तो देखिएपनि दिउँसो र बेलुकीपख कतिपय ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ ।

लामो समयको बर्षाले जमिन गलेकाले थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम लाग्दा पनि सुक्खा ठाउँमा पहिरो खस्न सक्ने भएकाले सचेत रहन विभागको आग्रह छ ।

अहिले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् निराजन सापकोटाका अनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..