ग्यारेन्टि दिएर कांग्रेसमा देउवालाई हराउन सक्ने म मात्र हो : शशांक कोइराला

ग्यारेन्टि दिएर कांग्रेसमा देउवालाई  हराउन सक्ने म मात्र हो : शशांक कोइराला 1

भदौ ८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट आफूले मात्र शेरबहादुर देउवालाई हराउन सक्ने दाबी गरेका छन् ।

१४ औं महाधिवेशनमा आफ्नो सभापतिको उम्मेदवारले मात्रै देउवा पराजित हुने उनको भनाइ छ ।

शेरबहादुरलाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललगयात नेताहरुले सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए ।

यद्यपि कोइरालाले सभापतिको उम्मेदवार बन्न संस्थापन इतरको समूहमा धेरै नेताहरुको दाबी र दौडधुप रहेको स्वीकार गरे पनि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको नाम लिएका उनले सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने जोड दिएका छन् ।

‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन’ उनले भने, ‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु कोही छैन ।’

कोइरालाले पार्टीमा मनोमानी र मनपरी गरेको भन्दै देउवाको कडा आलोचना गरे छन्। महाधिवेशन नजिकिँदै गर्दा देउवाले भोटका लागि विभाग गठन गरेको र विधान विपरित भयो भनेर आफूहरुले विरोध गर्दा नसुनेको भन्दै उनले महाधिवेशनबाट यसको जवफ दिनुपर्ने बताए । कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो । हाम्रो विरोध पनि सुन्नु भएन । महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्‍यो । किनकी अरु विकल्प छैन ।’

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..