भारतमा एकैदिन थपिए ५९ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

केही दिनयता भारतमा लगातार यही दरमा संक्रमित फेला परिरहेका छन्। योसँगै भारतमा कुल संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको छ। त्यहाँ ८५४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५८ हजार ५४६ पुगेको छ।

अमेरिकामा २४ घण्टामा ४० हजार ५ सय संक्रमित थपिएका छन् भने ४ सय ९० जनाको मृत्यु भएको छ। ब्राजिलमा २१ हजार ४ सय संक्रमित थपिँदा ६ सय ७९ जनाको मृत्यु भएको छ । कोलम्बियामा १० हजार ५ सय, पेरुमा ६ हजार १ सय, रसियामा ४ हजार ७ सय, मेक्सिकोमा ३ हजार ९ सय जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ५ जनाको मृत्यु भएसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ५ सय १४ पुगेको छ। २ लाख ११ हजार नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २ करोड ३८ लाख नाघेको छ।

यसैबीच, हङकङमा एक व्यक्तिलाई दोस्रो पटक कोरोना संक्रमण देखिएको छ। ३० वर्षभन्दा माथिका ती व्यक्तिमा पहिलोपटक साढे चार महिनाअघि पहिलोपटक संक्रमण भएको थियो। वैज्ञानिकहरुका अनुसार एकै व्यक्तिलाई दोस्रोपटक संक्रमण भएको विश्वकै पहिलो केश हो।

हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार संक्रमण ठिक हुनअघि ती व्यक्ति १४ दिनसम्म अस्पताल बसेका थिए। दोस्रोपटक उनमा संक्रमण देखिएपनि कुनै लक्षण भने नरहेको बीबीसीले जनाएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..