यस्तो रहेछ विश्व अर्थव्यवस्थामा सेक्सको प्रभाव, गरिबी बढाउन सेक्सको मुख्य भूमिका

विश्वभर समानताको नारा लागेको धेरै भइसक्यो । तर, समानता होइन असमानता बढ्दो छ। यसमा सेक्सको भूमिका निकै महत्वपूर्ण रहेको तथ्यहरुले उजागर गरेका छन् । संसारमा असमानता यसकारण छ कि गरिब महिलालाई सेक्स र सन्तान उत्पादनमा सहमति वा असहमति व्यक्त गर्ने अधिकार छैन ।

यसले असमानता मात्र बढाएको छैन, संसारबाट गरिबी उन्मूलन गर्ने लक्ष्य पनि पूरा हुन सकेको छैन । संयुक्त राष्ट्रसंघ जनसंख्या कोष अर्थात यूएनएफपीएका अनुसार संसारमा असंख्य महिलाहरु यस्ता छन् जसलाई सेक्स र सन्तान जन्माउने विषयमा आफ्नो विचार राख्ने अधिकार प्राप्त छैन । यी महिलाहरुको पहुँचमा स्वास्थ्य सेवा र परिवार नियोजनको सुविधा पनि छैन । अक्सर उनीहरुको जीवन इच्छाविपरीतको गर्भ र गर्भपतनको खतराको सामना गरिरहनु पर्दछ । यसै साता जारी यूएनएफपीको वार्षिक प्रतिवेदन ‘स्टेट अफ द वर्ल्ड पपुलेशन’मा यो कुरा उल्लेख छ।

सन्तान जन्माउने कुरामा यदि महिलाको नियन्त्रण हुने हो भने यसमा ढिलाई गर्न सकिन्छ वा दुई सन्तानबीचको अन्तर बढाउन सकिन्छ । यसबाट अर्थव्यवस्था सुध्रनेछ किनभने महिलाहरु बढी काम गर्न सक्षम हुनेछन् । परिवार सानो हुनेछ जसबाट आमाबाबुले स्वास्थ्य र शिक्षामा बढी खर्च गर्न सक्ने छन् ।

अहिलेको विश्वमा गरिब महिलाहरुलाई विशेषगरी युवती, कम लेखपढ र ग्रामीण क्षेत्रमा बस्ने महिलाहरुले परिवार नियोजनको सेवा पाइरहेका छैनन् । किनभने यात यो सेवाको कमी छ वा निकै महंगो छ । यसका साथै उनीहरुमाथि परिवारजनको दबदबा रहने गर्दछ । यसबाट लैंगिक असमानता बढ्दो छ । धनी र गरिबबीचको खाडल पनि झनै बढ्दो छ। यो सबैको परिणाम विश्वको अर्थव्यवस्था कमजोर बन्दैछ ।

रिपोर्टमा महिलाहरुलाई प्रजननसँग सम्बन्धित स्वास्थ्य सेवा प्राप्त नहुँदा गरिबी र असमानतालाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य पनि पूरा हुने उल्लेख छ। यूएनएफपीएकी निर्देशक नातालिया कानेमले भनेकी छन्–अहिले असमानताको अर्थ मात्र ‘जोसँग छ र जोसँग छैन’ को छ र ‘जो गर्न सक्दछन् र जो गर्न सक्दैनन’ मा सीमित छ ।

यो प्रतिवेदन यस्तो बेला आएको छ जब परिवार नियोजनमाथि अन्तर्राष्ट्रिय एजेन्सीहरुले आफ्नो खर्च कटौतिको घोषणा गर्न सुरु गरेका छन् । यूएनएफपीएको मुख्य लगानीकर्ता अमेरिकाले अप्रिलमै यस्ता एजेन्सीहरुलाई रकम दिन बन्द गर्ने घोषणा गरेको छ । सन् २०१६ मा अमेरिकाले ६.९ करोड डलर रकम यो कामका लागि दिएको थियो । डोनाल्ड ट्रम्प सत्तामा आएपछि सबैभन्दा पहिला गरेको काममा यो फण्डमा रोक लगाउनु पनि समावेश थियो ।

अन्तर्राष्ट्रिय दाताहरुले परिवार नियोजनमा खर्च गरिँदै आएको धनराशीको कमीलाई पूरा गर्ने निर्णय गरेका छन् र करिब २०.७ करोड अमेरिकी डलर रकम जुटाउन सहयोग गरेका छन् । उद्यपि एजेन्सीका अनुसार अहिले पनि २०२० सम्मका लागि कम्तीमा पनि ७०.० करोड अमेरिकी डलर कम छ । यसको असर विशेषगरी ग्रामीण क्षेत्रमा बस्ने महिलाहरुमा पर्न सक्दछ, जसलाई यसको बढी आवश्यकता छ।

संसारका विकासशील देशहरुमा कम्तीमा पनि २१.४ करोड महिला यस्ता छन् जसको पहुँचमा गर्भनिरोधक छैन । यसको परिणाम हरेक वर्ष करिब ८.८ करोड इच्छाविपरीत गर्भ र ४.८ करोड गर्भपतनका रुपमा देखा पर्ने गरेको छ।

कम्बोडिया, सेनेगल र रुवान्डाले सन् २००५ पछि गर्भनिरोधक सुविधा बढाएर गरिब महिलाहरुको मृत्युदर कम गर्न सफलता पाएका छन् । प्रजननसँग सम्बन्धित राम्रो स्वास्थ्य सेवाको सुविधामा हरेक वर्ष करिब ४३० अर्ब डलर आर्थिक लाभ गराउन सक्दछ । तथ्याङ्कअनुसार परिवार नियोजनमा खर्च हुने एक डलरबाट ६ डलर बचत हुने गर्दछ । यो बचत स्वास्थ्य र अन्य सार्वजनिक सेवामा गरिने खर्चमा आउने कमीबाट हुन्छ । एजेन्सीहरु

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..