चितवनमा थप १७ जनामा कोरोना संक्रमण

चितवनमा थप १७ जनामा कोरोना संक्रमण 1

चितवन । चितवनमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका १ र पूर्वी नवलपरासीको गैँडाकोटका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना छन् ।

उनीहरूमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन्। योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेक‍ो छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..