बागलुङमा पहिरो खस्दा एक जनाको मृत्यु

बागलुङमा पहिरो खस्दा एक जनाको मृत्यु 1

बागलुङ । बागलुङको अर्नाकोटमा अविरल वर्षापछि आज बिहान खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले थाहा पाएर पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको थियो । मृतकका बाबु विदेशमा छन् । अन्य परिवारका सदस्य भएनभएको अहिलेसम्म खुलेको छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..