नुवाकोटका सङ्क्रमित पत्रकारसहित उनको परिवारको नतिजा नेगेटिभ

कोरोना भाइरस

नुवाकोट । एक साता अगाडि नुवाकोटका एक जना पत्रकारलाई कोरोना रहेको पुष्टि भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङमा उनका परिवारसहित सबैको नतिजा कोरोना नेगेटिभ रहेको आएको छ ।

उहाँका परिवारका नौ र अन्यसमेत गरि ८० जनाको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब सङ्कलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा हिजो सबैको नतिजामा कोरोना नभएको आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कुनै यात्रा विवरण नै नभएका नुवाकोटको विदुरका एक जना पत्रकार युवकलाई कोरोना सङ्क्रमण भएको नतिजा आएपछि एक सातादेखि विदुर तनावग्रस्त बनेको थियो । विदुर वजार पुरै सिल गरिएको थियो । यसवाट नुवाकोट कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएको छ ।

महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना सङ्क्रमितको संख्या १२ स्थानीय तह रहेको नुवाकोटमा सक्रमितहरुको संख्या सोमवारसम्म ७७ पुगेको छ ।

६४ जना कोरोना निको भएर घर फर्किसकेको स्वास्थ्य कायाृलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । नुवाकोटका १३ जनासङ्क्रमित उपचाररत छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..