बारा जिल्लामा एकैदिन ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

बारा। बारामा हिजो एकैदिन ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण देखिएकाहरुमा कलैया नगरपालिकाका ७३ जना र नेपाल आयल निगम प्रादेशिक डिपो कार्यालय अमलेखगन्जमा कार्यरत नौ कर्मचारी रहेका छन् । निगमको प्रशासन र सरसफाई गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल आयल निगम वीरगञ्ज र अमलेखगन्जका गरी सङ्क्रमण देखिएका कर्मचारीमा सातजना स्थानीय ट्याङ्कर चालक रहेका छन् । निगमले शनिबार कर्मचारी र केही ट्याङ्कर चालकको स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको थियो ।

कलैयामा भने एक वडा अध्यक्षसहित अन्य सर्वसाधारण रहेका छन् । सङ्क्रमितहरू केहीलाई होम आइसोलेसन र केहीलाई गंगापुरमा रहेको कोरोना अस्पतालमा राखिने बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..