ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु 1

भदौ ९, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच कार्यदलले पेश गरेको प्रदिवेदन माथि छलफल सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको मा छलफलमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। छलफलबाट स्थायि समितिको बैठकको लागि प्रस्ताव तयार पार्ने बताइएको छ ।

त्यस्तै दुई अध्यक्षको छलफल गरी प्रस्ताव तयार गरी सचिवालय बैठक समेत बोलाउन संभावना रहेको छ।

साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।

कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबिच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..