नेकपा अध्यक्षद्वयकाे भेटवार्ता सकियो, १३ गतेे सचिवालय बैठक बाेलाउने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घन्टा कार्यदलको प्रतिवेदनमा केन्द्रित भएर छलफल भएको र १३ गतेे ११ बजे सचिवालय बैठक बाेलाउने अध्यक्षद्वय बीचमा सहमति भएकाे जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

अध्यक्षद्वयबीच १३ गते सचिवालय बैठक बोलाउने विषयमा सहमति भएको छ । सचिवालय बैठकमा आवश्यक छलफलपछि स्थायी कमिटी बैठकमा नियमित एजेण्डासँगै कार्यदलको प्रतिवेदनका विषयमा पनि छलफल गर्ने तयारी छ ।

ओली–प्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्व ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..