यो संसारमा केही यस्ता विवाद छन् जसले कुनै पनि बेला युद्ध भड्काउन सक्छ । यो मात्र दुई देशबीच होइन, यसले सिंगो विश्वलाई युद्धमा धकेल्न सक्छ । केही देशको मुर्खतापूर्ण निर्णयले पनि सिंगो विश्व विनाश गर्न सक्छ ।
दक्षिण चीन सागर
विगत दशकमा जब चीन, फिलिपिन्स, भियतनाम, ताइवान, ब्रुनाइ, इन्डोनेसिया, सिंगापुर र कम्बोडियाबीचको सागरमा बहुमूल्य इन्धन रहेको थाहा भयो तब यहाँ ठुलो विवाद छ। यो पूरै क्षेत्रलाई चीनले आफ्नो भएको दावी गर्दै आएको छ। यता अन्तर्राष्ट्रिय ट्राइब्युनलले चीनको दावी खारेज गरिसकेको छ। चीन र अमेरिका यो विषयमा पटकपटक आमनेसामने भइसकेका छन्।
पूर्वी युक्रेन/क्रिमिया
सन् २०१४ मा रुसले क्रिमिया टापुलाई युक्रेटबाट अलग गरिदियो। त्यतिबेलाबाटै क्रिमियाका विषयमा युक्रेन र रुसबीच विवाद कायमै छ। युक्रेन क्रिमिया पुनःप्राप्त गर्न चाहन्छ । पश्चिमी देश यो विवादमा युक्रेनलाई धाप मारिरहेका छन्।
कोरियाई प्रायद्वीप
उत्तर र दक्षिण कोरिया सधैं युद्धका लागि तयार रहन्छन् । उत्तर कोरिया भड्कन्छ र दक्षिण कोरिया पनि युद्धको तयारीमा लाग्ने गर्दछ । दुई किलोमिटरको सेनामुक्त क्षेत्रले यो दुई मुलुकलाई अलगअलग राखेको छ। उत्तरलाई चीनको सहयोग रहेको बताइन्छ । यता अन्य मुलुक भने दक्षिण कोरियाप्रति सहानुभूति राख्छन् ।
काश्मिर
भारत र पाकिस्तानबीच बाँडिएको काश्मिर संसारमै सबैभन्दा बढी सैन्य उपस्थिति रहेको क्षेत्र हो । भारत र पाकिस्तानबीच काश्मिरका विषयमा युद्ध पनि भइसकेको छ। सन् १९९८ मा कारगिल युद्धका बेला परमाणु युद्धजस्तो अवस्था सिर्जना भएको थियो ।
साउथ ओसेटिया र अबखासिया
कुनै बेला सोभियत संघको अंग रहेको यो क्षेत्रमा जर्जियाले आफ्नो दावी प्रस्तुत गरिरहेको छ। रुसले भने यो क्षेत्रको स्वायत्तताको समर्थन गरिरहेको छ । यो क्षेत्रका विषयमा सन् २००८ मा रुस र जर्जियाबीच युद्ध पनि भइसकेको छ। रुसी सेनाले यो क्षेत्रबाट जर्जियाको सेनालाई हटाउँदै यो क्षेत्रलाई स्वतन्त्रताको मान्यता दिएको छ ।
नागोर्नो–काराबाख
नागोर्नो–काराबाखका विषयमा अजरबैजान र अर्मेनियाबीच युद्ध पनि भइसकेको छ। सन् १९९४ मा भएको सन्धीपछि पनि अवस्था तनावपूर्ण नै छ । यो क्षेत्रलाई अर्मेनियाको सेनाले नियन्त्रणमा राखेको छ। अप्रिल २०१६ मा यहाँ एकपटक पुनः युद्धको अवस्था सिर्जना भएको थियो ।
पश्चिमी सहारा
सन् १९७५ मा स्पेन पछि हटेपछि मोरक्कोले पश्चिम सहारालाई आफूमा समेटेको थियो । यसपद्धि दुवै तर्फबाट हिंसा जारी छ। सन् १९९१ मा संयुक्त राष्ट्र संघले युद्धविराम गराएको हो । अहिले जनमतसंग्रहको कुरा भइरहेको छ। तर, कुनै पनि पक्ष यस विषयमा पहल गरिरहेका छैनन् । मरुभूमिको अधिकारका विषयमा जारी तनाव कुनै पनि बेला युद्धमा बदलिन सक् छ।
ट्रान्स–डिनिएस्टर
मोल्डोभाको ट्रान्स–डिनिएस्टर क्षेत्र रुस समर्थक क्षेत्र हो । यो क्षेत्र युक्रेन र रुसको सीमामा पर्दछ । यहाँ रुसी सेना तैनाथ छन् । विशेषज्ञहरुका अनुसार पश्चिमातिरको मोल्डोभाको निकटताले रुसलाई तनावमा पार्न सक्नेछ । एजेन्सीहरु