नेकपाको सचिवालय बैंठक भदौ १३ गते बस्ने, यी बिषयमा भए अध्यक्षद्दोय बीच सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौं १३ गते सचिवालय बैंठक बोलाउने सहमति भएको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको २ घण्टा लामो छलफलमा अध्यक्षद्दोय बीच आज यस्तो सहमति भएको हो ।

अध्यक्षद्दोयले प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घन्टा कार्यदलको प्रतिवेदनमा केन्द्रित भएर छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

सचिवालय बैठकमा आवश्यक छलफलपछि स्थायी कमिटी बैठकमा नियमित एजेण्डासँगै कार्यदलको प्रतिवेदनका विषयमा पनि छलफल गर्ने तयारी छ ।
अध्यक्षद्दोय बीच भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने सहमति भएको छ । उक्त सचिवालयमा बैंठकको एजेण्डा कार्यदलले बुझाएको प्रतिवेदन रहेको वालुवाटार स्रोतले जनाएको छ ।

ओली–प्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्व ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..