चोभारमा प्रहरीको गाडी दुर्घटना, सात जना घाइते

चोभारमा प्रहरीको गाडी दुर्घटना, सात जना घाइते 1

बाठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटना हुँदा सात जना प्रहरी घाइते भएका छन् ।

मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका –६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो।

वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ।
ड्युटीमा जान हिँडेका प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको हो । महानगरीय प्रहरी परिसरका अनुसार सात जना घाइते भएका छन् ।

उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ। घाइते प्रहरीहरूको अवस्था सामान्य रहेका छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..