महोत्तरीमा २ जना र काठमाडौं १ जना कोरोना संक्रमितको मृत्यु

भदौ ९ । महोत्तरी जिल्लामा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका-३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।
काठमाडौंमा एक को मृत्यु
बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारबाट फर्किएका बृद्ध पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो ।

यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

‘जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुखका अनुसार बलवाका वृद्धको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा चार दिनअघि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..