‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक

फिल्म ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ ।उक्त चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेको हो ।यो फिल्म त्रिकोणात्मक प्रेम कथामा देखाइएको ट्रेलरबाट प्रष्ट हुन्छ । नेपाल र बेलायतमा खिचिएको चलचित्रको लण्डनमा प्रिमियर समेत भैसकेको छ । ट्रेलरमा दयाहाङ राइको विवाह प्रीयंका कार्कीसंग भएको देखाइएको छ ।

लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरनेटमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको लगानी साढे २ करोड भएको जानकारी छ। ‘ह्याप्पी डेज’ मा दयाहाङ सँगै नायिका प्रियंका कार्की, नायक संजय गुप्ता र नव नायका विक्की जोशीको मुख्य भूमिका रहेको छ । विपी खनालको प्रस्तुती रहेको ‘ह्याप्पी डेज’ मा भवानी शर्मा, हिराल जोशी र निर्देशक चाम्सको संयुक्त लगानी रहेको छ ।चलचित्र भने बैशाख १४ बाट प्रदशनमा आउने छ।

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..