उपत्यकामा एक साता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बुधबारको बैठकपछि निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय भएको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका भक्तपुरको प्रजिअ हुमकला पाण्डेले जानकारी दिइन् ।

गत ३ भदौ देखि जारी निषेधाज्ञा आज राती १२ बजेबाट सकिदै थियो ।

उपत्यका नगरपालिका फोरमले उपत्यकामा निषेधाज्ञा जारी राख्न सुझाव दिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो।

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा देखिएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..