देशभरमा कोरोना ८८५ जनामा संक्रमण, काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित

भदौ ९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ स्वाब परीक्षण गर्दा देशभरमा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा भने ३०१ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ संक्रमित थपिएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..