पछिल्लो चौबिस घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृत्यु हुने ३७ वर्ष देखि ७५वर्ष उमेर समूह

भदौ १०, काठमाडौँ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको उमेर ३७, ४१, ४५, ४६, ४६, ५०, ५१, ५३, ६०, ७१ र ७५ वर्षिय रहेका छन् । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकहरुमा २ जना महिला र अरु सबै ९ जना पुरुष रहेका छन् ।
मृत्यु हुनेहरु ः मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ पुरुष रहेका छन् ।

आज समेत नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..