पोखराकी ३२ वर्षीया महिला क्रिटिकल कोभिडका कारण मृत्यु : डब्ल्युएचओको टोलीले क्रिटिकल कोभिड अध्ययन गर्दै

काठमाडौं । पोखराकी ३२ वर्षीया महिलामा क्रिटिकल कोभिड कारण आज विहान मृत्यु भएकी छिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलेको तुलनामा जटिल प्रकृतिका बिरामी बढ्दै गएको जनाएको छ । आज बिहान पोखरामा मृत्यु भएकी महिलाको मृत्युको कारण क्रिटिकल कोभिड भएको चिकित्सकहरुले बताएका छन् ।

उपचारमा संलग्न डा.अर्जुन आचार्यले क्रिटिकल कोभिडले ती महिलाको ज्यान गएको बताउँदै अहिले विश्व स्वास्थ्य संगठनका प्रतिनिधि आएर अध्ययन भइरहेको जानकारी दिएका छन् ।

कुनै पनि प्रकारको दीर्घ रोग नभएको र सामान्य श्वासप्रश्वासका कारण उनी उपचारमा आएको डा। पदम खड्काले जानकारी दिए । ती महिलाको ७ गते कोरोना पुष्टि भएको थियो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..