कुलमानको आग्रह : तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु होला

कुलमानको आग्रह : तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु होला 1

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल सकिनै लाग्दा पुर्ननियुक्तीको विषयलाई लिएर गलत सुचना तथा समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेको छन् ।
मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु।
घिसिङले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । आफूले अहिलेसम्म प्रधानमन्त्री र उर्जान्त्रीकै निर्देशनमा काम गरेको प्रष्ट पार्दै उनले राजनीतिक नेतृत्वमाथि लान्छाना नलगाउन आग्रह गरेका छन्।
मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको घिसिङले भनेका छन् ।
नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन मार्फत उल्लेखनीय उपलब्धीहरु हासिल भएको उनले बताएका छन्।
लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसलाकै कारण सम्भव भएको उनले उल्लेख गरेका छन्।
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको उनले जानकारी गराएका छन्।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..