आज भाद्र १२ गते शुक्रबारः निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् राशिफल

राशिफल

आज विक्रम सम्बत २०७७ भाद्र १२ गते शुक्रवार। इश्वी सम्बत २०२० अगस्ट २८ तारिख । नेपाल सम्वत् ११४० ञलाथ्व । भाद्र शुक्लपक्ष दशमी, १०:५१ बजे उप्रान्त एकादशी । नक्षत्र : मूल , १५:३९ बजे उप्रान्त पूर्वाषाढा । करण: गर १०:५१ बजेदेखि वणिज , २२:१२ बजे उप्रान्त वालव । योग : प्रीति , १९:४९ बजे उप्रान्त आयुष्मान् । आज सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर २७ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको स्वास्थ्य दुरुस्त रहने सम्भावना छ । राम्रो स्वास्थ्यका कारण तपाईं आज आफ्ना साथीहरुसँग खेल्न जाने योजना बनाउन सक्नुहुन्छ । विभिन्न क्षेत्रमा गरिएको लगानीबाट आज राम्रो प्रतिफल प्राप्त गर्न सक्ने योग छ । सामाजिक उत्सवहरुमा सहभागी हुने मौका मिल्ने छ । वैवाहिक सम्बन्ध पनि थप समधुर बन्ने योग छ । कुनै पनि योजना नबनाएको अवस्थामा प्राप्त अवसर गुम्ने खतरा पनि छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ तथा पुराना साथीहरुसँगको समय राम्रो बित्ने छ । तपाईंलाई आज अनपेक्षित ठाउँ तथा स्रोतबाट धन लाभ हुने सम्भावना छ । मानसिक रुपमा भने तपाईंलाई कामका कारण केही तनाव झेल्नुपर्ने हुन सक्छ । जीवनसाथीसँगको सम्बन्धमा थप नयाँपन मिल्ने छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। साँझतिर साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रमाइलो यात्रा र सामाजिक मेलमिलापका कारण मनमा बेग्लै उत्साह पैदा हुने छ । चन्द्रको स्थितिका कारण आज तपाईंको धन अनावश्यक क्षेत्रमा खर्च हुने सम्भावना छ । यद्यपि अन्य हिसावले आजको दिन तपाईंका लागि फाइदाजनक नै रहने छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आयस्रोत बढ्नेछन् । स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । यसकारण अनावश्यक खानेकुराबाट बच्नुहोला । मनमा छिट्टै धन कमाउने सोचको विकास हुन सक्छ । धन कमाउने लालसाका कारण अनावश्यक क्षेत्रमा लगानी गर्नबाट बच्नुहोला । दाम्पत्य जीवन भने सुखमय हुने छ । मित्रता र प्रेमको बन्धन कसिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शरीरकै कुनै अंग दुख्ने समस्या हुन सक्छ । जसका कारण स्वास्थ्यका हिसावले केही कठिनाइहरु भोग्नुपर्ने हुन सक्छ । शारीरिक रुपमा धेरै परिश्रम गर्नुपर्ने काम नगरेकै राम्रो । आजको दिन तपाईंका लागि धेरै लाभदायक छैन, अनावश्यक खर्चबाट बच्नुहोला । गर्लफ्रेन्ड वा ब्वाईफ्रेन्डबाट धोका मिल्न सक्छ । रोजगारीको क्षेत्रमा नयाँ योजना र आइडियालाई प्रयोगमा ल्याउनलाई भने उपयुक्त अवसर छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शारीरिक रुपमा आलश्यता बढ्ने छ । आज तपाईंलाई आरामको जरुरत पर्न सक्छ । कुनै पनि काम गर्ने आँट नआउन सक्छ । पहिलेदेखि नै देखिएको निर्णय क्षमताको कमिले पुन: समस्यामा पार्न सक्छ । आर्थिक लेनदेनमा पनि सावधानी अपनाउनु होला । जीवनसाथीसँग अनावश्यक कुरामा निहुँ खोज्ने समस्याबाट जोगिनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक रुपमा आजको दिन तपाईंका लागि केही लाभदायक सिद्ध हुन सक्छ । तर, कामको तनाव बढ्न सक्छ । तनावका बीच पनि कार्यक्षेत्रमा आज राम्रोसँग कार्यसम्पादन गर्नसक्ने योग छ । अधिक आत्मविश्वासले भने केही हानी पुर्‍याउन सक्छ । पारिवारिक रुपमा आज प्रेम र सहयोग प्राप्त हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज साथीहरुबाट सहयोग प्राप्त हुन सक्छ । आर्थिक जीवन भने आजका लागि त्यति राम्रो छैन । आज तपाईंले बचत गरेको धन राशि खर्च हुन सक्छ । व्यवसायिक योजनाका लागि आफूभन्दा अनुभवी व्यक्तिसँग सल्लाह लिनुहोला । खानपानका कारण स्वास्थ्यमा केही असर पर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पुराना समस्याले फेरि उल्झनमा पर्न सक्ने खतरा छ । आजको दिन तपाईंका लागि आराम गर्नु नै उपयुक्त हुने छ । साथीहरुसँगको सहकार्यमा कुनै काम गर्नुभएको छ भने त्यसबाट राम्रै लाभ हासिल होला । आवश्यकता पर्दा साथीहरुको सहयोग पनि प्राप्त हुने छ । कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्य राम्रो रहने छ । आज तपाईंलाई कमिसन, लाभांस या रोयल्टीका रुपमा आर्थिक फाइदा हुने देखिन्छ । यद्यपि केही लापरवाहीका कारण ठूलै नोक्सानी पनि व्यहोर्नुपर्ने हुनसक्छ । जीवनसाथीबाट गुनासो सुन्नुपर्ने हुन सक्छ । आज तपाईंले परिवारका कान्छा सदस्यसँग समय विताउनु राम्रो हुने छ । आफूभन्दा अग्रजसँग अनावश्यक कुरामा विवादमा पर्नुबाट बच्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यदि कसैलाई कर्जा दिनुभएको छ भने त्यो कर्जा आज सजिलै फिर्ता पाउन सक्नुहुन्छ । आफन्त तथा साथीभाइहरुबाट राम्रो खबर सुन्न पाइने छ । जीवनसाथीसँगको रोमान्सका हिसावले आजको दिन तपाईंका लागि त्यति धेरै राम्रो छैन । अनावश्यक कुराले जीवनसाथीसँग विवाद हुन सक्छ । आज साँझ तुलसीको बोट नजिक दीप प्रज्वलन गर्दा जीवनमा केही खुसी मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज तपाईंले जीवनकै सबैभन्दा आनन्दको पल महशूश गर्न सक्नुहुन्छ । अतिरिक्त आयका लागि आफ्नो सिर्जनात्मक विचारको प्रयोग गर्नुहोला । परिवारका सदस्यसँग नमिठो व्यवहार गर्नुबाट बच्नुहोला । जीवनसाथीसँग गरिएको कुनै बाचा छ भने पूरा गर्न नभुल्नुहोला । भगवान शिव, भैरव र हनुमानको पूजा गर्दा तपाईंको पारिवारिक जीवन सुखमय बन्ने छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..