ट्यांकर र भ्यान ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

ट्यांकर र भ्यान ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते 1

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकस्थित अरनिको राजमार्गको बाँसघारीमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र भ्यान ठोक्किँदा एकजनाको मृत्यु र तीजना घाइते भएका छन्।

जगातीबाट साँगातर्फ जाँदै गरेको ३ ख ५३२२ नम्बरको तेल बोकेको ट्यांकर र विपरीत दिशाबाट आइरहेको बा २१ च ८८०५ नम्बर को पानीको जार बोकेको भ्यान एकापसमा ठोक्किँद्या भ्यानका चालक झापाको अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएको हो।

दुर्घटनामा भ्यानका सहचालक मोरङको अमरदह गाउँपालिका–८ का १५ वर्षीय विवेक राजबवशी गम्भीर घाइते भएका छन्। यस्तै, काभ्रेपलाञ्चोकको साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिनाको छोरा मेडिज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

चालक मगरको सल्लाघारीस्थित डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्यांकर चालक फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..