चितवनमा थप १७ जनामा कोरोना संक्रमण

कोरोना भाइरस

चितवन । चितवनमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका १ जनामा पोजिटिभ देखिएको हो ।

प्रयोगशालकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमित ६ देखि ७९ उमेर समूहका छन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ सय १३ जना पुगेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..