एक अर्बभन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध

काठमाडौं । कोरोनाका कारण एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्बभन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ ।

कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये एक तिहाईभन्दा बढी बालबालिका दूर शिक्षाबाटसमेत बञ्चित रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ ।

महामारी अझै नियन्त्रणमा नआएकाले लामो समयदेखि शिक्षण प्रक्रिया नै अवरुद्ध हुँदा बालबालिकामा नकारात्मक असर पर्न सक्ने भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..