भारतमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ ।

हिजो एकैदिन सङ्क्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ ।

हिजो मात्रै ७६ हजार ८ सय २६ जनानयाँ सङ्क्रमित भेटिएका । यससँगै कुल सङ्क्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ ।

हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन । अब ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..