गणतन्त्रको पहिलो दशकलाई नियाल्दा

नयाँ तरिकाले सोच्ने, दूर क्षितिजसम्मको उज्यालो देख्ने, सबैलाई विश्वासको साथ हेर्ने र आफू भन्दा माथि उठेर देशको बारेमा सोच्ने नेता हुन् प्रचण्ड ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व र राज्यको पुनर्संरचना उनले अघि सारेका एजेन्डा हुन् ।

हरेक विषयलाई सूक्ष्म रूपमा गहन ढंगले नयाँ शिराबाट सोच्ने, अग्रगामी परिवर्तनको कोणबाट नियाल्ने, जनजीवन र जनजीविकाको सवालबाट पर्गेल्ने, श्रमजीवि वर्गको हितको निम्ति लागु गर्ने तथा विधि र पद्धतिको परिपालना गर्दै फराकिलो छातीका साथ राष्ट्रिय, अन्तराष्ट्रिय रूपमा सबै दल तथा नेताहरूलार्ई विश्वासको वातावरणमा लिएर अगाडि बढ्न सक्ने ब्यक्ति हुन् प्रचण्ड ।

परिवर्तनका निम्ति जनयुद्ध, जनआन्दोलनको आँधीबेहरी सिर्जना गर्दै देशलाई नयाँ नेपालको मार्गमा हिँडाउन सक्ने, राष्ट्र र जनताको लागि, परिवर्तन र गतिशीलताका लागि संसद सजिलै छाड्न सक्ने र पदका लागि नभएर राष्ट्रको आवश्यकताअनुसार विकास, शान्ति र संमृद्धिका लागि संसदमा जान सक्ने जिम्मेवार व्यक्ति हुन् प्रचण्ड ।

राष्ट्र र राष्ट्रियताका सवालमा आफूलाई खरो र निष्पक्ष रूपमा प्रस्तुत गर्न सक्ने, निरन्तरतामा क्रमभङ्गता गर्दै गतिशील रूपमा अगाडि बढ्न सक्ने, कम्युनिष्टहरू एक भएर अगाडि बढ्नुपर्छ भन्दै एकताका प्रस्तावक, देश, जनता र परिवर्तनका सन्दर्भमा एक कदम पछाडि हटेर तीन कदम अगाडि फड्को हान्न सक्ने दुरदर्शी निर्णय लिन सक्ने शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता प्रचण्ड नेता जन्माउने, नेता बनाउने महान नेता हुन् ।

माथिका विचारहरू बुझेर पर्गेल्न ‘गणतन्त्रको एक दशक’ पुस्तकको अध्ययनले बाटो देखाएको छ । यो पुस्तक नेपाली राजनीतिक इतिहासको विभिन्न कालखण्डहरूमध्ये महत्वपूर्ण खण्डको ऐतिहासिक विशेष दस्तावेज हो । यस पुस्तकमा संविधानसभा व्यवस्थापिका संसद, व्यवस्थापिका संसद, रूपान्तरित व्यवस्थापिका संसद र संघीय संसदमा वि.सं.२०६५ असार २५ गते देखि २०७५ पुस ११ सम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा व्यक्त गरिएका विचारहरूलाई ४२ ओटा शीर्षकमा सङ्ग्रहित गरिएको पाइन्छ ।

सम्पुर्ण दलहरूलाई शान्ति र संविधान निर्माण र यसको कार्यान्वयनका लागि रणनैतिक रूपमा सबैसँग दृढतापूर्वक स्पष्ट विचार राख्नसक्ने, सरलता र स्पष्टताका साथै लचकदार रूपमा निस्वार्थ तवरले सहकार्य, सहमति, एकता र विश्वासका साथ उचित समयमा उचित निर्णय लिने प्रचण्डको क्षमतालाई पुस्तकमा स्पष्ट बुझ्न पाइन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सम्पुर्ण दलहरूलाई शान्ति र संविधान निर्माण र यसको कार्यान्वयनका लागि रणनैतिक रूपमा सबैसँग दृढतापूर्वक स्पष्ट विचार राख्नसक्ने, सरलता र स्पष्टताका साथै लचकदार रूपमा निस्वार्थ तवरले सहकार्य, सहमति, एकता र विश्वासका साथ उचित समयमा उचित निर्णय लिने प्रचण्डको क्षमतालाई पुस्तकमा स्पष्ट बुझ्न पाइन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीको हैसियतमा लोकतन्त्रका मूल्यमान्यतालाई आत्मसात गर्दै, संघीयतामा आधारित समावेशी र समानुपातिक राज्य प्रणालीको स्थापनामा प्रतिबद्ध रहेको तथा राज्यद्वारा विगतमा उपेक्षा गरिएका क्षेत्र, वर्ग, जाति लगायतका जनसमुदायको हक हित स्थापना गर्न प्रयत्नशील रहेको र जनताले देखिने र महसुस हुने गुणात्मक परिवर्तन गरिने विचार उल्लेख गरिएको छ ।

सामन्तवाद र पूँजीवादलाई निर्मूल गर्दै जनयुद्ध र जनआन्दोलनका मूल्य मान्यता स्थापित गराउन, देशलाई अग्रगमनको दिशामा लैजान, सफा राजनीति, शुद्ध अर्थनीति र स्पष्ट कूटनीतिक माध्यमबाट देशलाई समृद्ध बनाउन सकिन्छ । राजनीतिक संस्कारको विकास सँगसँगै आर्थिक समृद्धितिर देशलाई लैजानुपर्छ भन्ने धारणा बडो प्रष्टसँग उठाउँदै यो संस्कार विस्वास र सहमतिको परिपालनामा कटिबद्ध भई आफैँबाट सुरू गरिएको विचार व्यक्त गरिएको छ । विदेश नीति, छिमेक नीति र घरेलु नीतिलाई मिलाएर सम्बन्धलाई नयाँ उचाइमा उठाउन प्रयत्नशील रहेको साथै उत्पीडित वर्ग, क्षेत्र, जाति लगायतका हकअधिकारका लागि सदनमा बारम्बार खबरदारी गर्दै राजनीतिको मियो बनेर सबैलाई समेट्न पहल गरेको कुरा जो कोहीले सजिलै गर्न त के सोच्न पनि नसक्ने देखिएको अवस्थामा प्रचण्डद्वारा बारम्बार पहलकदमी गरिएको देखिन्छ ।

नेता बनेर नेतृत्व गर्ने विश्व मान्यताको अनुशरण गरेर मूल्याङ्कन गर्दा प्रचण्ड जनयुद्ध, जनआन्दोलन र संसदीय राजनीतिमा पनि सिक्दै, सच्याउँदै र एकपछि अर्काे फड्को हान्दै, छलाङ मार्दै, देश र जनताको हित र परिवर्तन, आर्थिक विकास र संमृद्धिको लक्ष्यका साथ निरन्तर अघि बढिरहेका एक कुशल राजनीतिज्ञ तथा संघर्षशील जुझारू व्यक्तित्व र नेतृत्व हुन् भन्न कसैले पनि सोचिरहनुु पर्दैन । यस अर्थमा प्रचण्ड सबैका नेता हुन् यो पुस्तकबाट यी कुराहरू प्रष्टरूपमा बुझ्न सकिन्छ ।

यसरी पुस्तकलाई नियाल्दा कुनै पनि व्यक्तिलाई विभिन्न कालखण्डका विशेष भाग–भागको केन्द्रविन्दूमा राखेर मूल्याङ्कन गर्नुपर्ने र सोलोडोलो एकै ठाउँमा सबै भागको मूल्याङ्कन गर्दा व्यक्तिले गरेका खास खण्डको खास योगदानको अवमूल्यन हुने खतरा बढ्नुका साथै खास योगदान ओझेल तथा छायाँमा पर्ने हुँदा समय, परिस्थिति, वातावरण, परिवेश र परिघटनाअनुसार तत्कालीन समयमा उसले खेलेको भूमिकाअनुसार पनि फरक–फरक मूल्याङ्कन हुन् सक्छन् र जसले समयको मागअनुसार आफूलाई बदल्न सक्छ, सोही व्यक्ति नेता बनेर नेतृत्व गर्ने विश्व मान्यताको अनुशरण गरेर मूल्याङ्कन गर्दा प्रचण्ड जनयुद्ध, जनआन्दोलन र संसदीय राजनीतिमा पनि सिक्दै, सच्याउँदै र एकपछि अर्काे फड्को हान्दै, छलाङ मार्दै, देश र जनताको हित र परिवर्तन, आर्थिक विकास र संमृद्धिको लक्ष्यका साथ निरन्तर अघि बढिरहेका एक कुशल राजनीतिज्ञ तथा संघर्षशील जुझारू व्यक्तित्व र नेतृत्व हुन् भन्न कसैले पनि सोचिरहनुु पर्दैन । यस अर्थमा प्रचण्ड सबैका नेता हुन् यो पुस्तकबाट यी कुराहरू प्रष्टरूपमा बुझ्न सकिन्छ ।

बाह्रबुँदे समझदारी, जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभा र यसमार्फत निर्माण गर्न खोजिएको नयाँ नेपाल कस्तो बनाउने भन्ने विषयवस्तु यस पुस्तकमा भेटिन्छ । पहिलो संविधानसभाको चुनावपछि नेकपा माओवादी पहिलो पार्टी भएर व्यवस्थापिका संसदमा सबैभन्दा ठूलो दल बनेको, यसैको जगमा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका र पहिचान पक्षधरहरूका पनि यस समयमा स्पष्ट बहुमत रहेको हुँदा क्रान्तिकारी उच्च जोश जाँगरका साथ समाज रूपान्तरणको महान अभिलाषाका साथ संसद छिरेका र जनभावना अनुसार ड्याम कि ड्याम काम गर्न थालेका शक्तिशाली प्रचण्डलाई बिस्तारै घेराबन्दीमा पार्दै र विभिन्न काण्डहरूमार्फत फसाउँदै र अघि बढ्न तगारो लगाउँदै असहज परिस्थिति सिर्जना गराइएपश्चात पदभन्दा राष्ट्र र जनतालाई सर्वोच्च मान्ने प्रचण्डद्वारा राजीनामा दिइएको विषयलाई पुस्तकमा बडो गम्भीर ढंगले समेटिएको छ ।

पहिलो संविधानसभा विघटन पश्चात दोस्रो संविधानसभाको निर्वाचनबाट परम्परागत दलहरू शीर्ष स्थानमा र माओवादी तेस्रो स्थानमा आएको तथा माओवादी पार्टी विभाजनको केही असर प्रष्टै देखिएको साथै सो समयमा पहिचानइतर पक्षधर बलियो बन्दै गएको प्रतिकूल अवस्थामा पनि संविधानसभाबाट संविधान जारी गर्न, आफ्नो राजनीतिक मुद्दालाई स्थापित गराउन, भरमग्दुर रूपमा सबै दलहरूसँग समदुरीको हात लम्काउँदै मिलेर अगाडि बढेको खण्डमा मात्र अहिलेको परिस्थितिमा सम्भव हुने देखेका प्रचण्डले जनताले सोझो नजरले हेर्दा कहिले अन्य दलहरू बनेका जस्तो देखिने प्रचण्ड त कहिले सबै दललाई माओवादीजस्तै बनाएको देखिने प्रचण्डद्वारा परिवर्तनलाई संस्थागत गर्न गरिएको कसरत र आफ्ना एजेण्डामा प्रतिबद्ध प्रचण्डको विचारहरू उल्लेखित छन् ।

संविधानमार्फत जनताका हक र अधिकारका सुनिश्चितताका लागि स्थानीय, प्रदेश र संघ गरी तीन तहको प्रणालीमार्फत कार्यान्वयनमा अगाडि बढेको तथा शान्ति र संविधानको दशक पूरा भइसकेकाले यसको कार्यान्वयनसँंगै अबको दशक आर्थिक समृद्धिको दशक बनाउनुपर्ने र समाजवाद उन्मुख बाटोमा अगाडि बढ्नुपर्ने सारगर्भित दृष्टिकोण प्रष्ट देखिन्छ ।

जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनले स्थापित गरेका मूल्य मान्यताहरूको जगमा संविधान बनेको यसको मियोको रूपमा जनयुद्ध रहेको र जनयुद्धको जगमा संविधानसभाबाट बनेको संविधानमार्फत जनताका हक र अधिकारका सुनिश्चितताका लागि स्थानीय, प्रदेश र संघ गरी तीन तहको प्रणालीमार्फत कार्यान्वयनमा अगाडि बढेको तथा शान्ति र संविधानको दशक पूरा भइसकेकाले यसको कार्यान्वयनसँंगै अबको दशक आर्थिक समृद्धिको दशक बनाउनुपर्ने र समाजवाद उन्मुख बाटोमा अगाडि बढ्नुपर्ने सारगर्भित दृष्टिकोण प्रष्ट देखिन्छ ।

परम्परागतरूपमा जेलिएर रहेका संरचनाहरू ध्वस्त बनाउँदै जनतालाई मालिक बनाउनको लागि उनले गरेका अथक प्रयास, सन्तुलित विदेशनीति, आर्थिक–राजनैतिक संस्कारको विकासमा जोड र कम्युनिष्ट एकता केन्द्र बनाउन गरेको पहलकदमीका साथै आफ्नो र आफ्नो पार्टीको तर्फबाट भएका कमीकमजोरीप्रतिको स्वीकारोक्ति र सबै दलहरूमा पनि राजनैतिक संस्कार बसाउन सबैले पाठ सिक्नुपर्ने लगायत विषयवस्तु तथा महत्वपूर्ण बैचारिक मुद्धाहरुलाई पुस्तकमा उठान गरिएको छ । ६५ सालदेखि ७५ साल सम्मका दश वर्षमा दशओटा प्रधानमन्त्री बनेका र आठओटा बनाउन कुनै न कुनै रूपमा प्रत्यक्ष वा परोक्षरुपमा महत्वपूर्ण भूमिका रहेकोे, निरन्तरतामा क्रमभंगता गर्दै तथा सबै दललाई विश्वास दिलाउँदै र साथै विश्वासमा लिँदैै समय, परिस्थिति, परिवेश र कालखण्ड अनुकूल राजनीतिक डाँफा पुर्दै राजनीतिलाई सम्याएर लगिएको, यो अवस्थामा उभिएर हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्रले जितेको साथै समग्रमा राष्ट्रले जितेको, गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी शासन प्रणाली थप संस्थागत भएको, प्रदेशहरूमा प्रदेश उच्च अदालत र उच्च सरकारी वकील कार्यालय स्थापना गरी काम प्रारम्भ भएको, उज्यालो नेपालको सुरूवात भएको, कृषि क्रान्ति तथा आधुनिकीकरणमा जोड, भाषा, युवालगायतका विभिन्न महत्वपूर्ण आयोगहरू निर्माण गरिएको साथै विभिन्न कठिन प्राकृतिक विपद्लगायतका उचित व्यवस्थापन र भौतिक पुनर्निर्माणमा उच्चस्तरकोे पहलकदमी उठाइएका लगायत जनस्वास्थ्यको क्षेत्रमा पनि थुप्रै सुधारका कामहरू गरिएको, राजनीतिक, कूटनीतिक र जनस्तरसम्म सुमधुर हार्दिक सम्बन्ध बनाएको लगायतका दोस्रो प्रधानमन्त्रीत्व कार्यकालमा भएका तथा गणतन्त्रको एक दशकको उपलब्धिबारे गहन विचार बताइएको छ ।

यस पुस्तकमार्फत राजनीतिमा हुने उथलपुथलका घटना राजनीतिक वैचारिक संघर्ष, परम्परागत शक्तिहरूको चिन्तन र रूपान्तरणका लागि गरिएका प्रयासहरू शक्ति सन्तुलन र सम्भावना, सरकार भित्र र बाहिर रहँदा र ठूलो शक्ति हुँदा र सानो शक्तिमा खुम्चँदाका विचार तथा मनोभावनाहरूबारे प्रचण्डको दृष्टिकोण बुझ्न सकिन्छ ।

गणतन्त्रको पहिलो दशक पुस्तक संसदीय राजनीति बुझ्न, गर्न र सिक्न चाहने सबैका लागि आधारशिला बन्न सक्ने देखिन्छ । राजनीतिक, सामाजिक र वैचारिक चेतलाई सचेत ढंगले संयोजन गरी समाजलाई उज्यालो बाटोमा हिँडाउनको लागि एक मार्ग सूत्रका रूपमा यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्नसक्छ । नेता बन्न चाहने र नेता भन्न चाहने हरेक व्यक्तिले पढ्नुपर्ने धेरै महत्वपूर्ण पुस्तकमध्ये एक पुस्तक हो गणतन्त्रको पहिलो दशक ।

यसरी समग्रतामा नियाल्दा गणतन्त्रको पहिलो दशक पुस्तक संसदीय राजनीति बुझ्न, गर्न र सिक्न चाहने सबैका लागि आधारशिला बन्न सक्ने देखिन्छ । राजनीतिक, सामाजिक र वैचारिक चेतलाई सचेत ढंगले संयोजन गरी समाजलाई उज्यालो बाटोमा हिँडाउनको लागि एक मार्ग सूत्रका रूपमा यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्नसक्छ । नेता बन्न चाहने र नेता भन्न चाहने हरेक व्यक्तिले पढ्नुपर्ने धेरै महत्वपूर्ण पुस्तकमध्ये एक पुस्तक हो गणतन्त्रको पहिलो दशक । वाक्यगठनमा केही पुनरावृत्तिजस्तो देखिएपनि अस्वभाविक र असान्दर्भिक किसिमको प्रयोग भने लाग्दैनन् ।

अबको दशक संमृद्धि, विकास र एकताकोे दशक बनोस् । छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउँदै वृहत् नेपाल कम्युनिष्ट पार्टी बनाउने सफलता मिलोस् । यी सम्पूर्ण कुरालाई तार्किक निष्कर्षमा पु¥याउन सामाजिक, साँस्कृतिक, वैचारिक क्रान्ति र आर्थिक शुद्धिकरणको जरूरी छ । यसको नेतृत्व पनि प्रचण्डबाटै होस्

अलि फरक ढंगले सोच्दाखेरी प्रचण्डले पनि उनका सहयात्रीले जसरी नै संविधानप्रति नजरअन्दाज गरेका भए जनयुद्ध र जनआन्दोनमार्फत उठाएका एजेण्डाहरू कति संविधानमा समेटिन्थे होलान ? संविधान कस्तो बन्थ्यो होला ? कि बन्दैन्थ्यो होला ? परिवर्तन संस्थागत कसरी, कस्ले र कस्तो तरिकाले हुन्थ्यो होला ? यो पुस्तक पढ्दा संविधान निर्माणका लागि उनले गरेका कसरत देख्दा पक्कै पनि पाठकको मनमा उब्जने लोभलाग्दा प्रश्नहरू हुन् यी । यसको उत्तर इतिहासलाई नै छाडौँ । यति भन्न सकिन्छ ऐतिहासिक कालखण्डमध्येको गणतन्त्रको एक दशक महत्वपूर्ण कालखण्ड हो । यस कालखण्डमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर शान्ति र संविधान निर्माण र कार्यान्वयनका लागि निरन्तर सङ्घर्ष गर्दै अगाडि बढेका सबैका स्वीकार्य नेता हुन् प्रचण्ड ।
अन्त्यमा शान्ति र संविधानको दशक पुरा भएको बताउने प्रचण्डले भनेजस्तै अबको दशक संमृद्धि, विकास र एकताकोे दशक बनोस् । छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउँदै वृहत् नेपाल कम्युनिष्ट पार्टी बनाउने सफलता मिलोस् । यी सम्पूर्ण कुरालाई तार्किक निष्कर्षमा पु¥याउन सामाजिक, साँस्कृतिक, वैचारिक क्रान्ति र आर्थिक शुद्धिकरणको जरूरी छ । यसको नेतृत्व पनि प्रचण्डबाटै होस् भन्ने शुभकामना दिन चाहन्छु साथै आगामी दिनहरूमा पनि समाजको आमूल परिवर्तन र संमृद्धिको बहस छेड्नसक्ने दीर्घकालीन महत्वका अरू धेरै पुस्तकहरू आऊन । हार्दिक बधाई तथा शुभकामना ।

इमेल : parasdhakal101@gmail.com

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..