पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण, ३ वटा थप कोरोना हस्पिटल

थप १२ जनाको मृत्यु

भदौ १२, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय २९ जनाको पिसिआर गर्दा देशभरमा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

सो अवधिमा कोभिड-१९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

स्वास्थय मन्त्रालयका प्रवक्ताका अनुसार ३ वडा अस्पताललाई कोरोना अस्पताल बनाएको जानकारी दिएका छन् । जसअनुसार वीरगन्जको नेस्नल मेडिकल अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताललाई कोरोना अस्पताल बनाइएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..