कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरा । कास्कीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका- १६ का ५२ वर्षीय पुरुष हुन् ।

उनी श्वासप्रश्वास समस्या भएर १२ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ यपचार केन्द्रमा भर्ना भएका थिए ।

ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ः१५ बजे मृत्यु भएको केन्द्रका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए । योसँगै पोखरा प्रतिष्ठान मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..