मुख्यमन्त्री भट्टसहित ८३ जनामा संक्रमण देखिएन

कोरोना भाइरस

डडेल्धुरा । कोरोना संक्रमित सवारी चालकको सम्पर्कमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित ८३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री भट्ट, उनका परिवारका सदस्य, सचिवालयका कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निजामती सेवाका कर्मचारी सहित ८३ जनाको रिपोर्ट नेगेटिभ आएको हो।

संक्रमितको सम्पर्कमा आएका मुख्यमन्त्री सहितका ८३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

गत भदौ ७ गते मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका २३ वर्षीय चालकमा कोरोना पुष्टि भएको थियो। चालकमा कोरोना देखिएपछि मुख्यमन्त्रीसहित उनको सम्पर्कमा आएकाहरूको कोरोना परीक्षण गरिएको थियो।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..