पर्साको निषेधाज्ञा अब वीरगञ्ज महानरपालिकामा मात्रै

पर्सा । पर्सा जिल्लामा जारी निषेधाज्ञा अब महानगरपालिकामा मात्रै लागू हुने भएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा अब वीरगञ्ज महानगरपालिका मात्रै सीमित गरिएको हो । जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १८ गते मध्यरातिसम्म वीरगञ्जमा मात्रै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा हिजो बसेको बैठकले निषेधाज्ञा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै सीमित गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जमा साउन १० गतेदेखि नै निषेधाज्ञा जारी छ । साउन १९ गतेबाट भने पर्सा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..