कोरोना सङ्क्रमण बढेपछि भक्तपुरको सुरक्षामा कडाइ

भक्तपुर । भक्तपुर जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि सुरक्षामा थप कडाई गरिने भएको छ । जिल्लामा क्वारेन्टाइन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् ।

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने बारेमा जिल्ला विपद् व्यवस्थापन समिति,जिल्ला समन्वय समिति, नगरपालिका र सुरक्षा निकायसँग छलफल गरी कार्य योजना अगाडि बढाएको बताउनुभयो ।

संघीय सरकारसँग मिलेर जिल्लाका प्रत्येक नगरपालिकामा न्यूनतम दुई हजार व्यक्तिका दरले भक्तपुरको चार नगरपालिकामा आठ हजारको पिसिआर परीक्षण गर्ने तथा नगरपालिका, स्वास्थ्य संस्था, रेडक्रस, सुरक्षाका तीनवटै निकायलाई परिचालन गरी क्वारेन्टाइन, आइसोलेसन र एम्बुलेन्सको व्यवस्थापन गर्ने गरी योजना बनाएको उहाँले बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्देशनानुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई २ सय ८ शय्याको आइसोलेसन तयार पारेर लक्षण नभएका बिरामी राख्न थालिसकेको जानकारी दिनुभयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाली सेना वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले खरिपाटीस्थित आइसोलेसनदेखि एकीकृत क्वारेन्टिनसम्ममा सुरक्षाका व्यवस्था सेनाले गर्ने जानकारी दिँदै आइसोलेसनलगायत अन्य व्यवस्थापनमा पनि सेना खटिएको जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..