पाटन अस्पतालमा २ जना र कास्कीमा १ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा एक पुरुषको मृत्यु

भदौ १३, काठमाडौं । ललितपुर स्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अस्पतालमा मृत्यु हुनेहरु भक्तपुरकी ६२ वर्षीया महिलाको आज विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको पाटन अस्पताल स्रोतले जानकारी दिएको छ ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको छ । काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको छ ।

पोखरामा एक पुरुषको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शुक्रबार राती र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..