कोरोना संक्रमित संख्या : देशभरमा पछिल्लो २४ घण्टामा ८८४ जनामा, उपत्यकामा १८६ जना

भदौ १३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय १६ जनाको पिसिआर गर्दा देशभरमा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै १० हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।

सो अवधिमा कोभिड-१९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो। मृत्यु हुनेको संख्या अहिलेसम्म २०७ पुगेको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जना संक्रमित भेटिएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..