मोहरम पर्व घरमै मनाउन स्थानीय प्रशासनको आग्रह

सर्लाही । मुस्लिम समुदायलाई मोहरम पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ।

कार्यालयले सूचना निकालेर कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा प्रबन्धसहित परिवारका सदस्य र नजिकका नातेदार मात्रै भेला भएर घरमै पर्व मनाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनाको पालना गरिदिन मुस्लिम धर्मावलम्बीहरुसँग आग्रह गरिएको छ।

मुस्लिम समुदायको मोहरम पर्व आज परेको बागमती नगरपालिका–१० का वडाध्यक्ष शेख जुबेरले जानकारी दिए। यो पर्वमा दाहा बनाउनाले मनको इच्छा पूरा हुने भएकाले भाकल गर्ने जुबेरले बताए। भाकल गर्नेले दाहा बनाउने गर्दछ।

मुस्लिम समुदायका बासिन्दाहरु एकठाउँमा जम्मा भई तरबार, लाठी, फराठा, भालालगायतका हतियारसहित कला कौशल प्रदर्शन गर्ने, मेला लगाउने प्रचलन गर्दछन्। यसवर्ष त्यस्ताखाले मेला नलगाई सामान्य ढंगले पर्व मनाइने वडाध्यक्ष जुबेरले बताए।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..