सीपीएल : जमैकाको तेस्रो जित, सन्दीपको लय कायमै

सीपीएल : जमैकाको तेस्रो जित, सन्दीपको लय कायमै 1

काठमाडौं । वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले तेस्रो जित हासिल गरेको छ ।

उसले तेस्रो जित सेन्ट किट्स पेट्रिएट्स विरुद्धको खेलमा हासिल गरेको हो । आज बिहान भएको खेलमा जमैकाले किट्सलाई ३७ रनले हराउन सफल भयो ।

जमैकाले दिएको १ सय ४८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पेट्रिएट्सले १९.४ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो ।

उसका लागि इभन लुइस र कायरण पावेलले सर्बाधिक २१/२१ रन बनाए । बलिङमा जमैका टिमका कार्लोस ब्रार्थवेटले ३, सन्दीप लामिछाने, वीरस्यामी परम्युल, फिदील इड्ररिसले २/२ र मुजीबउर रहमानले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाए ।

उसका लागि ग्लेन फिलिप्सले उत्कृष्ट ब्याटिङ गरे । पेट्रिएट्सविरुद्ध उनले ६१ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ७९ रन बनाए । सन्दीपआवद्ध जमैकाको सातौँ म्याच भोलि साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..