भक्तपुर र सप्तरीमा १/१ जना कोरोना संक्रमित मृत्यु

भक्तपुर र सप्तरीमा १/१ जना कोरोना संक्रमित मृत्यु 1

कोरोना संक्रमणबाट भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । उच्च रक्तचाप, महुमेहका बिरामी ती पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते ९शुक्रबार० संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् । होम आइसोलेसनमै स्वास्थ्यलाभ गरिरहेका ती पुरुषको शनिबार राति मृत्यु भएको खत्रीले जानकारी दिएका छन् ।

त्यस्तैगरी सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् ।

बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।

तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका एक डाक्टरले जानकारी दिए छन् ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..