विदेशमा रहेको नेपालीलाई सहजरुपमा स्वदेश ल्याउ : नेकपा प्रवास समिति

काठमाडौं । स्वदेश आउन चाहाने नेपाली नागरिकलाइ सरकारले सहज रुपमा र्फिता गर्न नेकपा प्रवास समितिले सरकारसँग माग गरेको छ । आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञावली, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश कुमार भट्टराई र श्रम तथा रोजगार मन्त्री रामेश्वारराय यादवसँग नेकपा प्रवास समितिको अध्यक्ष युवराज चौलागाई र नेकपा प्रवास समितिको सचिव श्रीप्रसाद साह माग गरेका हुन्।
पहिले चाटर्डर उडान भनेर २५ सय नेपाली ल्याउने भनेको सरकारले अहिले नियमित उडानबाट ५०० सय मात्र ल्याने तयारी गरेपछि समितिले सरकारलाई प्रवासमा रहेको नेपालीलाइ छिटो उद्दार गर्न माग गरेको हो । प्रवास समितिका अध्यक्ष चौलागाइका अनुसार ‘नेपाल आउन प्रवासबाट एक लाख ३६ हजारले फारम भरेका छन्, ८८ हजार ५ सय प्रतिक्षा गरिरहेका छन् ।’
तर सरकारले विदेशमा रहेको नेपालीहरुलाई नेपाल ल्याउन ढिलासुस्ति गरिरहेको छ । सरकारले अहिले नियमित उडान मार्फत् महिनाको ५ हजारको दरले स्वादेश ल्याउने तयारी गर्दा १६ महिना लाग्ने समितिले जनाएको छ ।
‘नेपाल आउन काम छोडर बसेेेका नेपालीहरु इलिगल हुने सम्भावना बढी छ,’ चौलागाइले भने,‘ नेपाल आउन प्रतिक्षामा बसेकाहरुलाई अब कम्पनीले र्फिता लिदैन, पुलिसले बस्न दिँदैन ।’ पछिल्लो समयमा नेपाल आउन चाहानेको सख्या ज्यामितिय रुपमा बढेकाले अब झन बढी समस्या हुने उनले बताए ।


समितिले विदेशमा अलपत्र अवस्थामा रहेको र स्वदेश आउन टिकट काटेर बसेको नेपालीहरुलाई ल्याउन सरकारले ढिला सुस्ति गरेको प्रति ध्यानाकर्षण गराएका छन् । सरकाले नि:शुल्क उद्दार गरेको भने पनि अहिलेसम्म कुनै व्यक्ति पैसा नतिरीकन आउन पाएको छैनन् ।
समितिले सरकारले नियमित उडान, चार्टर उडान र नयाँ उडानको नाममा विभिन्न भाडादर राखेको पनि ध्यानाकर्षण गराएको छ । सरकारले दुतावास मार्फत महामारीको समयमा धेरै राम्रो काम गर्न सक्ने भए पनि त्यो काम गर्न नसकेको कारण सरकार र मुलुकको छवि समेत उच्च राख्न नसकेको बताएको छ ।
समितिले सरकारले सबै खाले उडानलाइ प्रथमिकता दिएर स्वदेश आउन चाहाने नेपालीलाइ तिव्ररुपमा स्वदेश ल्याउने व्यवस्था गर्न माग गरेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..