कोरोना भाइरस (कोभिड – १९) : देशभरमा पछिल्लो २४ घण्टामा १२२१ जनामा, उपत्यकामा ४२९ जना संक्रमण

भदौ १४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७ सय १७ जनाको पिसिआर गर्दा देशभरमा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै १२ हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर गरिएको छ।

सो अवधिमा कोभिड-१९ देखिएका थप १४ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो। मृत्यु हुनेको संख्या अहिलेसम्म २२१ पुगेको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२ , भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..