लामो दूरीका गाडी, आन्तरिक उडान भदौ मसान्तसम्म बन्द रहने

काठमाडौं । सरकारले लामो दूरीका गाडी, आन्तरिक र अन्तर्राष्ट्रिय उडान र सीमा नाका भदौ मसान्तसम्म बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणनियन्त्रणमा नआएपछि सरकारले भदौ मसान्तसम्म कुनैपनि यायाता नखोल्ने र स्ीमा बन्द गर्ने निर्णय गरेको हो ।

हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई र सथल यातायात भदौ १५ बाट खोल्ने सकिने यसअघिको निर्णयलाई पुनःविचार गर्दै भदौ मसान्तसम्म लम्ब्याएको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो ।

कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..