कोरोना भाइरस (कोभिड – १९) : देशभरमा पछिल्लो २४ घण्टामा ८९९ जनामा, उपत्यकामा २९८ जना संक्रमण

कोरोना भाइरस (कोभिड - १९) : देशभरमा पछिल्लो २४ घण्टामा ८९९  जनामा, उपत्यकामा २९८ जना संक्रमण 1

भदौ १५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय २९ जनाको पिसिआर गर्दा देशभरमा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।

कोरोनाबाट निको २१ हजार ४ सय ११ जना घर फर्किसकेका गौतमले बताए छन्।

सो अवधिमा कोभिड-१९ देखिएका थप ७ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। अहिलेसम्म २२८ पुगेको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा २९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९८, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना संक्रमित भेटिएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..