सरकारले जनमैत्री अस्पतालमा १०० बेडको आइसोलेसन सञ्चालनमा ल्यायो

सरकारले जनमैत्री अस्पतालमा १०० बेडको आइसोलेसन सञ्चालनमा ल्यायो 1

भदौ १५, काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको बालाजुस्थित जनमैत्री अस्पताललमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको जनाएको छ ।

सरकारले केही दिन अगाडी जनमैत्री हस्पिटललाई कोरोना अस्पताल बनाउने निर्णय गरेो थियो । त्यसै अुनसरा काठमाडौं महानगरपालिका –१६ मा पर्ने उक्त अस्पतालमा १०० बेडको आइसोलेसन सेन्टर सोमबारदेखि सञ्चालनमा ल्याइएको वडाध्यक्षले जानकारी दिएका छन् । अस्पतालमा सोमबार ६ जना डाक्टर, १२ जना नर्स र २ जना मेट्रोनलाई वडाध्यक्षले स्वागत गरे जनाएका छन् ।

सरकारले कोरोना कोरोना अस्पातल बनाउने निर्णय गरेपश्चात् अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारमा नै संलग्न स्वास्थ्यकर्मीहरु जनमैत्री अस्पतालमा काम गर्ने गरी आएका हुन् ।

जनमैत्रि अस्पताले अस्पतालमा सोमबार साँझदेखि नै कोरोना संक्रमित बिरामी उपचार सुरु गरिने छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..