काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई आज कोरोना संक्रमण पुष्टि भएको महानगर स्रोतले जानकारी दिएको छ ।

महानगरको स्रोतअनुसार मेयर शाक्यलाई कोरोनाको संक्रमण नदेखिएपनि उनकी पत्नी विसन्चो भएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण पुष्टि भएको छैन ।

मेयर शाक्य आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..