चाँगुनारायण नगरपालिकामा ५ जना सक्रमित थपिए

काठमाडौं । चाँगुनारायण नगरपालिकामा ५ जना कोरोना संक्रमित थपिएको छ । अहिले सम्म नगरपालिकामा ४१ जना सक्रमित भएको नगर प्रमुख सोम मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार आज वाड नं १ मा १ जना, २ मा १ जना , ५ मा १ जना, ८ मा १ जना , ९ मा १ जना गरि ५ जना पोजिटिभ भेटिएको छ । हालसम्म शसस्त्र प्रहरी बल २८ (ब्यारेकमा ) स्थानीय मध्ये ४ जना, विभिन्न अस्पतालमा, ६ जना होम आइसोलेसनमा र १ जना सामुदायिक आइसोलेसन केन्द्र मा हुनुहुन्छ भने २० जना निको भइसकेका छन् ।
उनले नगरवाासीलाइ सुरक्षित रहन, घरमै बस्न , नियमित हातधुन र मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..