आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी ३ दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भने भारी वर्षाको सम्भावना छ । राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसै, भोलि पनि दिउँसो केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका १/२ ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशको १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश-१, प्रदेश-२, बागमती प्रदेशका १/२ स्थानमा भारी वर्षा हुन सक्ने छ ।

बिहीबार राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

मौसमविद्का अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..