कोरोना संक्रमित (कोभिड १९) बाट : थप चितवनमा १ जना र वीरगन्जमा २ जनाको मृत्यु

भदौ १६, पर्सा । वीरगञ्जमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको कोभिड अस्पतालले जनाएको छ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ताले जानकारी दिएका छन् ।

चितवनमा १ जनाको मृत्यु
चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएका छन् ।

मेडिकल स्रोतका अनुसार ती व्यक्तिलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ १४ गते अस्पतालमा उपचारका लागि ल्याइएका ती पुरूषमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवन र मकवानपुरका कोरोनाबाट संक्रमितको मृत्युु हुने संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन् ।

वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउनयता मात्रै ५० जनाको मृत्यु भएको छ । मृत्यु भएका ५४ जनामध्ये पर्साका ३९ जना, बाराका ११ जना र रौतहटका ४ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..