काठमाडौ. उपत्यकामा ४ सय ८१ जना सक्रमित, जम्मा सक्रमित ४०,५२९

काठमाडौं । काठमाडौं उपत्यकामा स्रोत पहिचान नभएका कोरोना भाइरस संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ९३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जनागरी थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २२ हजार १ सय ७८ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ३८ जनाको ज्यान गएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..