चट्याङ लागेर एकजनाको मृत्यु, पाँच घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएकाे छ । मंगलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएकाे हाे ।

चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ

यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..