उद्योग, व्यवसायहरु सञ्चालन नहुँदा हुने घाटा भन्दा कोरोनाको प्रभाव धेरै छ : उद्योग मन्त्रालयका प्रवक्ता डा. रेग्मी

विश्वको उद्योग तथा व्यवसायहरु कोरोना भाइरसको कारण शिथिल अवस्थामा पुगेको छ । नेपालमा पनि कोरोनाको प्रभाव उच्च रहेको छ । उद्योग व्यवसाय आंशिक सञ्चालनमा छन् । अब सरकारले कसरी ती उद्योग तथा व्यवसायको पुर्नउत्थान गर्दै छ । यस विषयमा उद्योग तथा आपूर्ति मन्त्रालयका वरिष्ठ सहसचि (प्रवक्ता) डा. नारायण प्रसाद रेग्मीसँग राजमार्ग डट कमको लागि गरिएको कुराकानीको सम्पादित अंश :

अहिले उद्योग व्यवसायहरु आंशिक सञ्चालनमा रहेका छन् ? अवस्था डामाडोल अवस्थामा पुगिसकेको छ ? सरकारको योजना के छ ?

सरकारले उद्योग व्यवसायीलाई राहत दिने गरी बजेट नीति तथा कार्यक्रम घोषणा गरिसकेको छ । उद्योग व्यवसायीहरुको सुविधा, सहुलियतको लागि व्यवस्था गरिसकेको छ । अहिले लकडाउनमा पनि अत्यवश्यक बस्तु उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा नै छन् । बाँकी उद्योगको लागि चाहिने कच्चा पदार्थ तथा अन्य व्यवस्थाको लागि हामीले अन्य सरकोकारवाला मन्त्रालयसँग सहकार्य गरिरहेका छौं । हामीले उद्योगी व्यवसायीहरुलाई सहज र सरल वाताबरण बनाउन काम गरिरहेका छौं

अत्यावश्यक भन्दा बाहिरको उद्योग तथा व्यवसायको अवस्था त झन् जटिल छन् नि ?

अहिले उद्योग व्यवसाय सञ्चालन नहुँदा हुने घाटा भन्दा कोरोनाको प्रभाव धेरै छ । कोरोनाबाट धेरै क्षति हुने भएकोले सरकारले सजगता अपनाएको हो । जति छिटो कोरोना भाइरस (कोभिड १९) नियन्त्रण हुन्छ, त्यति छिटो उद्योग व्यवसायहरु सञ्चालन हुन्छन् ।

व्यवसायीलाई व्यवसाय बन्द गर्न लगाउने अनि कर तिर्न ताकेता गर्ने सरकारको यो कस्तो नीति हो ?

कहाँ कर तिर भनेको छ । अस्ति त्यत्रो ४–५ महिना अर्थमन्त्रालयसँग सहजिकरण गरेका छौं । त्यस्तो छैन । हामीले व्यवसायीलाई सहजिकरण गर्ने हो । तपाईंले भनेको जस्तो त्यस्तो ठ्यक्कै छैन । उहाँहरु आउनुभयो भने हामी सहजिकरण गर्दछौं । हाम्रो उद्योग मन्त्रालयको कुरा भयो । अरु क्षेत्रगत मन्त्रालयको कुरा भयो । क्याविनेटले पनि त यसलाई रिअलाइज गर्छ । त्यस्तो समस्या छन् भने सरकारले उपयुक्त कदम लिन्छ ।

व्यवसायहरु बैंक र सरकारको दोहोरो मारमा छन् ? मन्त्रालयले यसलाई कसरी सहजिकरण गर्दछ ?

यसको तालुकदार मन्त्रालय अर्थ मन्त्रालय हो । यो काम अर्थ मन्त्रालयले गर्दछ । उसलाई पनि यो कुरा थाहा छ । अर्थले त्यस अनुकुलको नीति बनाउँछ । हामीसँग उद्योगी व्यवसायीहरुको गुनासाहरु आयो भने अर्थ मन्त्रालयसँग लविङ गर्छौ ।

कोरोनाले मानविय क्षति त छँदै छ । तर आर्थिक रुपमा पनि ठुलो क्षति पु¥याएको छ ? यसलाई सरकारले कसरी व्यवस्थापन गर्छ ?

उद्योग मन्त्रालयले आफ्नो कार्यक्षेत्रमा पर्ने उद्योग स्थापना गर्ने, उद्योग सञ्चालन गर्ने, व्यवसायहरु सञ्चालन गर्ने, आफ्नो पेशा व्यवसायीहरु सञ्चालन गर्ने कुरा भइहाल्यो । तर सम्पूर्ण नेपाल सरकारकै ध्यान चाहिँ आर्थिक पुर्नउत्थानमा छ । आर्थिक उत्पादनको साधनहरुलाई थप परीचालन गर्ने । सुविधा दिने, प्रोत्साहन गर्ने । अर्थतन्त्रका अन्य अवयवहरुलाई चलायमान बनाउने गर्छ र गरी पनि रहेको छ ।

सरकारले आफ्नो नीति मार्फत बोल्ने हो । अर्थतन्त्रको नीति, आर्थिक नीति, उद्योग नीति, व्यपार नीति उसका नीति तथा कार्यक्रमहरु छन् । प्रदेश सरकारको कार्यक्रम छन् ।

तर सरकारको ठोस योजना त केही देखिँदैन नि ?

के देखिन परो ? सरकारले आफ्नो नीति मार्फत बोल्ने हो । अर्थतन्त्रको नीति, आर्थिक नीति, उद्योग नीति, व्यपार नीति उसका नीति तथा कार्यक्रमहरु छन् । प्रदेश सरकारको कार्यक्रम छन् । त्यो मार्फत् बोल्ने हो । प्रदेश सरकारले पनि उद्योगी व्यपारीहरुलाई सहुलियतको दिने कुरा भनेको छ । संघीय सरकारले पनि भनेको छ । बैंकहरुले पनि कर्जा प्रवाहको व्याजमा छुट दिएको छ । त्यही त होनी ।

विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरु बेरोजगार रहेका छन् ? उनीहरु अहिले बैकल्पिक पेशा खोजिरेहका छन् । उद्योग मन्त्रालय मजदुरको विषयमा मौन देखिन्छ ?

तपाईले मौन कसरी देख्नु भयो । अहिले हामी संकटमै छौं । यो संकट सकिसकेपछि जब यसलाई हामी सामान्य अवस्थामा जान्छौं । त्यसपछि प्रभाव देखिने हो नि त । अहिले त हामीले बैदेशिक रोजगारीबाट फर्किएका, साना तथा लघु उद्योगमा काम गर्ने मजदुरहरु वेरोजगार भएका, खुद्रा व्यापारीहरुको लागि भनेर त्यत्रो प्रधानमन्त्री स्वारोजगार कार्यक्रम छ । त्यो मार्फत् रोजगारी जान्छ । युवा स्वारोजगार कोष छ । त्यो कोष मार्फत जान्छ । प्रमाण पत्र धितोमा आधारित ऋणहरु छन् । सबै यी नै मानिसहरुलाई लक्षित गरी ल्याइएको हो नि त । साार्वजनिक निर्माणमको कामलाइ प्राथमिकता दिएका छौं । हाम्रो रोजगार सुचना बैंकमा दर्ता भएका मानिसलाई पहिलो प्राथमिता दिएका छौं । यी सबै सरकारले गरेका त हो नि ।

हाम्रो अवको प्राथमिकता भनेको उद्योगहरुको पुर्नउत्थान हो । उद्योगहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने हो । उद्योगहरु सञ्चालनमा सहजिकरण गर्ने हो । त्यसको लागि आवश्यक पुँजीको निर्माण, पुँजीको विकास गर्ने हो । श्रमिकको विकास दक्ष जनशक्ति, तालिम प्राप्त जनशक्तिहरु उद्योग मन्त्रालयको कार्यक्षेत्र हो ।

उद्योग मन्त्रालयको अबको बिकास कस्तो मोडलमा अगाडि बढ्छ ?

हाम्रो अवको प्राथमिकता भनेको उद्योगहरुको पुर्नउत्थान हो । उद्योगहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने हो । उद्योगहरु सञ्चालनमा सहजिकरण गर्ने हो । त्यसको लागि आवश्यक पुँजीको निर्माण, पुँजीको विकास गर्ने हो । श्रमिकको विकास दक्ष जनशक्ति, तालिम प्राप्त जनशक्तिहरु उद्योग मन्त्रालयको कार्यक्षेत्र हो । र, हामी त्यसैमा काम गरिरहेका छौं । कसरी उहाँहरुलाई सहज वाताबरण बनाउने, उत्पादनको वितरण, श्रमको आपूर्ति । यस कुरामा हामीले भरर्खरै प्रोटोकल पनि जारी ग¥यौं, स्वास्थ्य सुरक्षा प्रोटोकल । कसरी सञ्चालन गर्ने भन्ने बिषयमा ? हामीले माक्स, सेनिटाइजेसन कसरी गर्ने भनेर मन्त्रालयबाट स्वास्थ्य सुरक्षा प्रोटोकल स्वीकृत गरेर लागु गरिरहेका छौं ।

त्यसैले उद्योग मन्त्रलाय जहिल्यै पनि उद्योगी व्यवसायीहरुको हक, हितमा, उद्योगहरुको सञ्चालनमा, औद्योगीक सञ्चालनहरुको बृद्धिमा केन्द्रत हुन्छ र जसरी कोरोनाको प्रभाव न्युनिकरण गर्न सक्छौं । त्यसरी नै हामी लागि रहेका छौं । उहाँहरुसँगै निरन्तर संवाद भइरहेका छ । हामी उहाँहरुसँगै छौं ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..